Monday, 21, September, 2020 info@saipalnews.com

तीजको दर खाएर नाच्दा नाच्दै यसरी गयो ज्यान

मकवानपुर । तिजको दर खाएर नाच्दै गर्दा हेटौंडा ११ का रामहरि सिवाकोटीको मृत्यु भएको छ ।

छिमेकी अष्टमाया श्रेष्ठको आँगनमा भएको तिज विशेष कार्यक्रममाा रमाईलो गर्दै नाचिरहँदा उनी एक्कासि लडेर अचेत भएका थिए ।

अचेत भएको केहि बेरमै उनका निधन भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जनाएको छ ।

सिवाकोटी बहुराष्ट्रि कम्पनी युनिलिभर लिमिटेडमा कार्यरत थिए । हेटौँडा अस्पतालमा पोस्टमार्टमापछि आफन्तले शव लगेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । नयाँ पत्रिकामा खबर छ।