Friday, 18, September, 2020 info@saipalnews.com

डोटीमा भएको बस दुर्घटनामा २८ जना घाइते, १५ जनाको अवस्था गम्भीर

डोटी । जोरायल गाउँपालिका–२ छतिवनमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

दार्चुलाबाट महेन्द्रनगरका लागि हिँडेको ना ७ ख ९११४ नम्बरको यात्रुबाहक बस बिहीबार बिहान ३ बजे अठासीमोडमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी नायब उपरीक्षक लालबहादुर धामीले जानकारी दिए। बस सडकबाट ६० मिटर तल खसेको बताइएको छ।

घाइते सबैको प्रहरी र स्थानीयले उद्धार गरी उपचारका लागि कैलालीका विभिन्न अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ। घटनाबारे पूर्ण विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।