Wednesday, 02, December, 2020 info@saipalnews.com

विमानस्थल बनाउन काटिँदै चाहिनेभन्दा चार गुणा बढी रुख

काठमाडौ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा १९ सय हेक्टरभित्र आभारभूत संरचना बन्ने भए पनि आठ हजार ४५.७९ हेक्टरका रूख काट्न लागिएको भन्दै वन र वातावरणविद्ले आपत्ति जनाएको छन्।

पाँच लाख ८५ हजार ४९९ ठूला र १८ लाख ६४ हजार ८२० वटा पोल आकारका गरी कुल २४ लाख ५० हजार ३१९ वटा रुख काटेर विमानस्थल बनाउने योजनाअनुरूप वातावरणीय प्रभाव मूल्यांक(ईआईए) प्रतिवेदन गत जेठमा तत्कालीन वातावरण मन्त्रालयबाट स्वीकृत भइसकेको छ।

रुख नोक्सानीको शोधभर्नास्वरूप आयोजनाले एक रुख बराब २५ बिरुवाका दरले दरले ६ करोड १२ लाख ७० हजार ५२५ बिरुवा रोप्नुपर्ने हुन्छ। त्यसका लागि ३८ हजार २९४ जमिन आवश्यक पर्छ। त्यो जमिन कहाँ छ, अझै टुंगो लागेको छैन। कान्तिपुर दैनिकमा खबर छ।