Thursday, 03, December, 2020 info@saipalnews.com

मौलिक हकसम्बन्धी विधेयकमाथि आजदेखि संसदमा छलफल हुँदै 

काठमाडौ । मौलिक हकसम्बन्धी विधेयकमाथि आजदेखि संसदमा छलफल हुँदैछ । आजको प्रतिनिधिसभा बैठकमा आठ विधेयकमाथिको छलफल सुरु हुन लागेको हो ।

संसदको बैठक बिहान ११ बजे बोलाइएको छ । संसदीय समितिले संशोधनसहित पारित गरेका विधेयकका प्रतिवेदन आज सदनमा पेस हुन लागेको हो । आजकोे प्रतिनिधिसभा संसदका समितिहरुले विधेयक पेस गर्नेछन् ।

बैठकमा उपभोक्ता संरक्षण विधेयक, रोजगारीको हकसम्बन्धी विधेयक, खाद्य अधिकारसम्बन्धी विधेयक, वैयक्तिक गोपनियतासम्बन्धी विधेयकबारे समितिले तयार पारेको प्रतिवेदन पेसगर्ने कार्यसूची रहेको छ । त्यस्तै आवासको अधिकारसम्बन्धी विधेयक, सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार विधेयकसम्बन्धी समितिको प्रतिवेदन सदनमा पेस गर्नेछन् ।

जनस्वास्थ्य विधेयक, अनिवार्य तथा निःशुल्क शिक्षासम्बन्धी विधेयकको प्रतिवेदन पनि आजै सदनमा पेस हुनेछ । आजको प्रतिनिधिसभा बैठकमा प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले राष्ट्रिय सभाबाट प्राप्त भएको सन्देशसहितको विधेयक टेबल गर्ने कार्यसूचीसमेत छ ।

राष्ट्रिय सभाले पारित गरेको वातावरण संरक्षण(पहिलो संशोधन) विधेयक र अपांगता भएको व्यक्तिको अधिकारसम्बन्धी (पहिलो संशोधन) संशोधन विधेयक सदनमा टेबल हुनेछ ।संविधान जारी गरेको ३ असोजमा तीन वर्ष पुग्दै छ । प्रतिनिधिसभामा विचाराधीन मौलिक हकसम्बन्धी पाँचवटा विधेयक अघिल्लो बिहीबार संसदीय समितिमा पठाइएको थियो ।