Wednesday, 21, October, 2020 info@saipalnews.com

धुम्रपान नियन्त्रणका लागि सरकारले ल्याएको आधादर्जन कानुन प्रभावहिन

काठमाडौ । धुम्रपान नियन्त्रणका लागि भन्दै सरकारले आधादर्जभन भन्दा धेरै ऐन, कानुन र व्यवस्था गरेपनि त्यो कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले ७ वर्ष अघि चुरोटको खिल्ली किनबेच गर्दा कारबाही हुने, सार्वजनिक स्थलमा धुम्रपान गर्दा कारबाही हुने लगायतका आधा दर्जन ऐन नियम प्रभावकारी हुन सकेको छैन ।

स्वास्थ्य मन्त्रालयले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा ११ को उपदफा ४ का आधारमा कुनै पनि पसलबाट खिल्ली चुरोट बिक्री गर्न रोक लगापनि त्यो पनि खासै प्रभावकारी हुन सकेको छैन ।

विज्ञहरुका अनुसार सरकारले ल्याएको ऐन प्रभावकारी नहुनुमा सुर्तीजन्य पदार्थ उत्पादनबाट नाफा खानेहरुलाई कानुनी दायरामा नल्याएको बताएका छन् । पूर्व स्वास्थ्य सचिव डा.सिनेन्द्रराज उप्रेतीले सुर्तीजन्य पदार्थलाई विक्रि वितरणमा रोग लगाउने भए उत्पादन गर्ने उद्योगलाई नै बन्द गर्नुपर्ने बताउनुभयो ।