Wednesday, 02, December, 2020 info@saipalnews.com

दुई लाखभन्दा बढी मुद्दा पूरानै कानुअनुसार फैसला गर्न सर्कुलर

काठमाडौ । देशभरिका विभिन्न अदालतमा रहेका फौजदारी र देवानी प्रकृतिका झन्डै दुई लाख मुद्दालाई पुरानै ऐन अनुसार फैसला गर्न सर्वोच्च अदालतले आज निर्देशन दिने भएको छ ।

६ महिनापछि नेतृत्व पाएको सर्वोच्च अदलतमा हिजो बसेको फुलकोर्ट बैठकले भदौ १ गतेदेखि लागू भएको मुलुकी ऐन नलाग्नेगरी मुद्दाको फैसला गर्न निर्देशन दिने भएको हो ।

बैठकमा भदौ १ अघिका मुद्दामा पुरानै ऐन र सम्बद्ध ऐन अनुसार फैसला गर्ने समझदारी भएको थियो । सोही समझदारी अनुसार फैसला गरिएका २ लाख भन्दा बढी मुद्दा आज सर्कुलरका लागि अदालत पठाइने भएको छ ।