Thursday, 22, April, 2021 info@saipalnews.com

मनकामना मन्दिरको पुनर्निर्माण सम्पन्न, १८ किलो सुन प्रयोग गरियो

गोरखा । हिन्दू धर्मालम्बीहरुको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरको पुनर्निर्माण सकिएको छ। सरकार र भक्तजनको सहयोगमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । करिब १३ करोड रुपैयाँमा जीर्णाेद्वार सकिएको मन्दिर २०७२ असारमा क्षमा पूजा गरेर भत्काइएको थियो। जीर्णोद्वारको काम सकिए पनि अहिले सरसफाइको काम बाँकी रहेको छ । सरसफाइको काम सकर दसैंमा भक्तजनले मन्दिरमै पूजा गर्न पाउने व्यवस्था गर्ने गरी काम भइरहेको छ । अहिलेका लागि मनकामना मन्दिरकै छेउमा मन्दिरको प्रतिमा बनाएर पूजा गर्ने व्यवस्था मिलाइएको छ।

जीर्णोद्वार गरिएको मन्दिरमा तामाको पातामा सुनको जलपले मन्दिरलाई नै सुनौलो देखाएको छ । सुनकै जलप लगाएर गजुर समेत राखिएको छ। १८ किलो सुन खर्चेर मन्दिरमा जलप लगाइएको समितिले जनाएको छ।