Wednesday, 02, December, 2020 info@saipalnews.com

यस्तो रहेछ त्रिभुवन विमानस्थल स् अवैध प्रक्रियाबाट नेपाल भित्रिनेलाई सजिलो मार्ग

काठमाडौ । अवैध प्रक्रियाबाट नेपाल भित्रिनेका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सजिलो प्रवेशमार्ग बनेको छ।

अजिलै अनअराइभल भिसा पाइने र राहदानीमा सामान्य व्यक्तिगत विवरणबाहेकका सूचना पढ्ने प्रविधि नहुँदा देशकै मुख्य विमानस्थल कमजोर बनेको छ। यहाँ रेटिना, डिजिटल औँठाछाप अध्ययन र फोटो खिच्ने प्रविधि छैन।

भदौ ५ मा नक्कली इजरायली राहदानी लिएर आएका हमेई होसिन लस्कारी र नायदे याराम्दीले सजिलै पर्यटनक भिसामा प्रवेश अनुमति पाए। १५ दिन काठमाडौं बसेर यो दम्पती जर्मनी उड्यो तर, ट्रान्जिट देश टर्कीको अध्यागमनले राहदानी नक्कली रहेको भन्दै उनीहरूलाई नेपालै झिर्ता पठाइदियो। इजरायली राहदानी बोकेका उनीहरू इरानी नागरिक रहेको खुल्यो।

त्रिभुवन विमानस्थलमा नक्कली राहदानीमा सक्कली भिसा लगाएर नेपाल पस्ने र केही दिनको ट्रान्जिटपछि युरोप र अमेरिका पस्ने प्रयास बारम्बार हुँदै आइरहेको छ। कान्तिपुर दैनिकमा खबर छ।