Wednesday, 28, October, 2020 info@saipalnews.com

राजमार्गदेखि भित्री सडकसम्म सुरक्षा

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले दशैँ, तिहार र छठलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ । चाडपर्वको समयमा हुनसक्ने आपराधिक क्रियायाकलाप बढ्न सक्ने भन्दै प्रहरीले विशेष सुरक्षा योजना लागू गरेको हो । यो योजना बिहीबारबाट लागू भएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो ।

योजनाका लागि कूल ४५६ प्रहरी परिचालन गरिएको छ । जिल्लामा राजमार्ग क्षेत्रमा पर्ने मौवाखोलादेखि लोथरसम्म र भित्री सडकमा समेत गरी १४ प्रहरी कार्यालयबाट ५६ जना परिचालन हुनेछन् ।

बैंक तथा वित्तीय संस्था र सुन चाँदी पसलमा लुटपाट हुन नदिन ५५ जना, अवैध मदिरा उत्पादन बिक्री वितरण नियन्त्रणका लागि २३ जना, आगलागी तथा विपदका घटना नियन्त्रणका लागि ५५ जना, विभिन्न स्थानमा चेकजाँचका लागि ६१ जना तथा पैदल गस्ती, चोरी, झैझगडा र समाजमा हुने विकृति नियन्त्रणका लागि २५ जना प्रहरी परिचालन गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो । रासस