Thursday, 22, October, 2020 info@saipalnews.com

यस्तो रहेछ दशैंमा स्वस्थ मासु खुवाउने महानगरको योजना

काठमाडौ । काठमाडौं महानगरपालिकाले मासुजन्य पदार्थबाट विभिन्न किसिमका रोग लाग्ने भए पछि महानगरवासीलाई सचेत गराउन थालेको छ ।

कामपाका कार्यकारी अधिकृत यादव कोइरालाले खसीबोकालगायत पशुपंक्षीबाट हुनसक्ने खतराबाट जोगाउन कामपाले यो बर्ष रोगी खसीबोका जफत गर्ने बताए ।

दशैंको मौका छोपेर राजधानीका चौपाया बिक्री केन्द्रमा बिरामी भएका खसी बोका बिक्री गर्ने प्रचलन बढेको उनले बताए ।

उनका अनुसार, स्वच्छ मासु प्रयोग गर्न नाका नाकामा परीक्षण गरिनेछ । आजको नेपाल समाचारपत्रमा खबर छ।