Thursday, 29, October, 2020 info@saipalnews.com

वैदेशिक रोजगारीमा ठगीका दैनिक २४ उजुरी दर्ता

काठमाडौ । म्यानपावर व्यवसायीले विभिन्न बाहनामा कामदार ठग्ने गरेको पाइएको छ।

राहदानी लिएदेखि विदेश पठाउँदासम्म ठाउँठाउँमा कामदार ठगिने गरेका छन्। वैदेशिक रोजगारीमा जानेमध्ये दैनिक दुई दर्जनले ठगिएको भन्दै वैदेशिक रोजगार विभागमा उजुरी दिने गरेको तथ्यांक छ। विभागका अनुसार १० हजार १५२ युवाले आफू ठगिएको भन्दै उजुरी दिएका छन्।

तीमध्ये तीन हजार १९० उजुरीको अझै सुनुवाइ भएको छैन। दुई हजार ५२६ वटा उजुरी प्रक्रियामा रहेको विभागले जनाएको छ। त्यस्तै, ५४४ उजुरी तामेलीमा रहेको विभागले जनाएको छ।

विभागका अनुसार तीन हजार ८९२ उजुरी फरफारक भइसकेका छन्। गत आर्थिक वर्ष एक अर्ब ५२ करोड २० लाख ७१ हजार २५५ रुपैयाँ ठगिएको भन्दै उजुरी परेको छ। अन्नपूर्ण पोष्टमा खबर छ।