Thursday, 22, October, 2020 info@saipalnews.com

दसैं मान्न उपत्यकाबाट १० लाख यात्रु बाहिरिए

काठमाडौ । दशैँतिहार मनाउन काठमाडौं उपत्यकाबाट बाहिरिनेको संख्या दिनप्रतिदिन बढिरहेको छ। महानगरिय ट्राफिक प्रहरी महाशाखाका प्रमुख वसन्त पन्तका अनुसार घटस्थापना आरम्भ नहुँदै मंगलबारसम्म करिब १० लाख जना उपत्यकाबाट बाहिरिएको खबर छ।

सोमबारबाट दैनिक एक लाखको हाराहारीमा सर्वसाधारण काठमाडौंबाट बाहिरिन थालेका छन्। ‘त्यसअघि ३०/४० हजार बाहिरिन्थे तर सोमबारबाटै यो चाप बढ्यो’ महाशाखाका प्रमुख पन्तले भने।

असोज २४ गते घटस्थापनसँगै उपत्यकाका अघिकांश स्कुल कलेज बन्द भएसँगै यो संख्या बढ्दै जाने अनुमान पन्तको छ। गोरखापत्र दैनिकमा खबर छ।