Saturday, 19, September, 2020 info@saipalnews.com

अाठ संवैधानिक निकायका ४० पदका लागि ५३५ काे दरखास्त

काठमाडौ । संवैधानिक परिषद्ले संविधानअनुसार आठवटा संवैधानिक निकायमा पदाधिकारी नियुक्त हुन योग्यता पुगेका व्यक्तिहरुको अभिलेख तयार पार्ने प्रयोजनका लागि मागेको आवेदनमा हाल रिक्त ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेको छ।

गत भदौ पाँच गते संवैधानिक परिषद् सचिवालयले संवैधानिक परिषद् कार्यविधि नियमावली २०६८ बमोजिम सूचना प्रकाशित गरी आठवटा विभिन्न संवैधानिक निकायको पदाधिकारीमा नियुक्त हुन योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको थियो ।

सात दिनको म्याद दिएर जारी गरिएको सो सूचनाबमोजिम आठवटा संवैधानिक निकायका ४० पदका लागि ५ सय ३५ जनाको दरखास्त परेकाे छ। संविधानले १३ वटा संवैधानिक निकायको व्यवस्था गरेको छ।

संवैधानिक परिषद् सचिवालयले हाल रिक्त आठवटा संवैधानिक निकायमा नियुक्तिका लागि योग्यता पुगेका व्यक्तिहरूबाट दरखास्त मागेको हो। नागरिकलाई प्राप्त विवरणअनुसार आठवटा संवैधानिक निकायको प्रमुखका लागि १ सय ५४ जनाले आफू योग्य भएको दाबीसहितको दरखास्त हालेका छन्।

त्यस्तै आठवटै संवैधानिक निकायमा आवश्यक ३२ सदस्य पदका लागि ३ सय ८१ जनाले आफू योग्य भएको भन्दै दरखास्त बुझाएका छन्। नागरिक दैनिकमा खबर छ।