Thursday, 22, October, 2020 info@saipalnews.com

देशमा ४८ सय डाक्टर बेरोजगार

काठमाडौ । देशमा चार हजार ८०० चिकित्सक बेरोजगार हुँदाहुँदै पनि डाक्टरको अभावमा नागरिकले उपचार पाउन सकेका छैनन्।

दरबन्दीअनुसार सरकारले चिकित्सक पदपूर्ति नगर्दा देशमा बेरोजगार चिकित्सक बढिरहेको र नागरिकको उपचारमा समस्या भएको हो। देशभर एक हजार ६५० सरकारी चिकित्सकको दरबन्दी रहेकामा आधा पनि पदपूर्ति भएको छैन।

९५० चिकित्सकको दरबन्दी खाली छ। देशभरका सरकारी अस्पतालमा अहिले दरबन्दीका ७०० चिकित्सक मात्र रहेको छ। सरकारलाई हाल ९५० चिकित्सक आवश्यक रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका कर्मचारी प्रशासन शाखाका उपसचिव बाबुराम खनालले बताए। नयाँ पत्रिका दैनिकमा खबर छ।