Saturday, 19, September, 2020 info@saipalnews.com

प्रदेश सांसदले भने, ‘वामदेवका लागि उपचुनावले राम्राे सन्देश दिँदैन’

काठमाडौ । उपचुनावमार्फत वामदेव गौतमलाई संसदमा ल्याउनुपर्ने कारण स्पष्ट पारेर मात्र काठमाडौं ७ खाली गराउन स्थानीय नेताहरूले नेकपाका अध्यक्षद्वयलाई सुझाव दिएका छन्।

प्रतिनिधिसभाका सांसद रामवीर मानन्धरले राजीनामा दिने र गौतमलाई त्यहाँबाट उठाउने तयारी थालेपछि उक्त क्षेत्रका नेता बुधबार केपी ओली र पुष्पकमल दाहाललाई भेट्नन बालुवाटार पुगेका थिए। प्रदेश सांसद वसन्त मानन्धर, प्रकाश श्रेष्ठ र न्हुच्छेकाजी श्रेष्ठले दुई अध्यक्षलाई स्थानीय वस्तुस्थिति अवगत गराए।

उनीहरूले अकस्मात् काठमाडौं ७ खाली गर्ने कुरा आउँदा मतदाता र पार्टीका कार्यकर्ता अन्योलमा परेको बताए।तीनै जनाले जनमत र गौतमबारे भइरहेका टिकाटिप्पणी अध्यक्षद्वयलाई सुनाए।

‘सुरुमा यो विषयमा छलफल नभएकाले सबै अचम्म पर्ने स्थिति आयो, अन्तक्र्रिया र सामाजिक सञ्जालमा पनि पतिक्रिया प्रकट भएका छन्, शीर्ष नेतालाई हाम्रो क्षेत्रमा ल्याउने र जिताउने गर्वको कुरा हो’, प्रदेश सांसद मानन्धरले भने, ‘तर एक वषै पनि नबित्दै उपचुनाव गर्दा नकारात्मक सन्देश जाने हो कि भन्ने ख्याल गर्न सुझाव दिएका छौँ। कान्तिपुर दैनिकमा खबर छ।