Wednesday, 02, December, 2020 info@saipalnews.com

काठमाडौँमा बन्ने छ सिसामाथि हिँड्न मिल्ने दक्षिण एशियाकै पहिलो ‘स्काई वाक टावर’

काठमाडौँ। चीन, क्यानडा र अमेरिका लगायतका देशमा अत्यन्तै सफल मानिएका ”स्काई वाक टावर’ अब नेपाल पनि निर्माण हुने भएको छ।

वन्डर्स नेपालले राजधानीको कमलादीमा ‘स्काई वाक टावर’ निर्माण गर्न लागेको हो। काठमाडौँमा बुधबार एक कार्यक्रमको आयोजना गर्दै वन्डर्स नेपालले ‘स्काई वाक’ टावरको भिडियो सार्वजनिक गरेको छ। ‘स्काई वाक टावर’ निर्माणको लागि सो स्थानमा १३.२ रोपनी जग्गा लिज सम्झौता लिइएको छ।

करिब २०० करोड लगानीमा यो टावर बन्न लागेको हो। विगत ३ वर्षदेखि वन्डर्स नेपालले नेपालका विभिन्न करिब १० स्थानमा स्काई वाकको निर्माण र सम्भावनाबारे अध्ययन अनुसन्धान गर्दै आएको थियो।