Sunday, 13, June, 2021 info@saipalnews.com

लोकसेवाद्वारा १०६ कर्मचारीमाथि कारबाही गर्न सिफारिस

काठमाडौ । लोकसेवा आयोगले १०६ कर्मचारीलाई कारबाहीको सिफारिस गरेको छ। सरकारी सेवामा रहेर अनियमितता गर्ने कर्मचारीलाई सरकारसमक्ष कारबाहीको सिफारिस गरिएको हो।

ती मध्ये ३८ जना कर्मचारीलाई बर्खास्त गर्न भएिको छ। ३८ जनालाई नसिहत दिन र २४ जनालाई तलब वृद्धि रोक्न भनिएको छ। त्यस्तै छ जनालाई बढुवा रोक्न भनिएको छ।  निजामति सेवा ऐनअनुसार विभिन्न सेवा समूह सञ्चालन गर्ने निकाय वा मन्त्रालयले निजामती कर्मचारीलाई सजाय गर्नुपर्ने प्रावधान छ।

सोहीअनुसार सरकारी निकायले कर्मचारीलाई विभागिय कारबाही गर्न आयोगमा परामर्श दिन पठाएको थियो। विभागीय कारबाहीका लागि परामर्श माग भई आएकामा आयोगले छानबिन गरी कारबाहीका लागि सरकारलाई परामर्श दिएको आयोगका प्रवक्ता किरणराज शर्माले जानकारी दिए। अन्नपूर्ण पोष्टमा खबर छ।