Saturday, 05, December, 2020 info@saipalnews.com

दशैको तेस्रो दिन देवी मन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरी मनाइँदै

काठमाडौ । हिन्दूहरुको महान पर्व बडादशैंअन्र्तगत आज तेश्रो दिन मुलुकभरका देवीमन्दिरमा चन्द्रघण्टाको पूजाआजा गरेर मनाइँदैछ ।

देबीमन्दिरहरुमा पुजा गर्नेहरुको बिहानैदेखि भीड लागेको छ । राजधानीका गुहेश्वरी, दक्षिणकाली, नक्साल भगवती, भद्रकाली, नेपालगंजको बागेश्वरी, सप्तरीको छिन्नमस्ता, धरानको दन्तकाली, पोखराको विन्धवासिनी, डोटीको शैलेश्वरी, बाग्लुङको कालिका, गोरखाको गोरखकाली, मकवानपुरको चुरियामाई र भुटन देवीलगायतका मन्दिर र शक्तिपीठहरुमा पनि पूजाआजा भइरहेको छ ।

आजको दिनचन्द्र घण्टाको पुजा गर्दा सुख प्राप्ती तथा वृत्ती विकास हुने मान्यता रहिआएको छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार मानिन्छ । चन्द्रमाशीतलता र कलाको प्रतीक हुन् ।

आश्विनशुक्लप्रतिपदादेखि सुरु भएको दशैं पूर्णिमासम्म परम्परा अनुसार दुर्गा भवानीको पूजाआराधना गरी हर्षोल्लासका साथ मनाइने गरिन्छ । दशैंकै कारण राजधानीलगायत देशभरिका बजारहरुमा किनमेल गर्नेहरुको भीड लागेको छ ।