Saturday, 28, November, 2020 info@saipalnews.com

आजदेखि सहुलियतमा खसीबोका तथा च्याङग्राको विक्री वितरण सुरु

काठमाडौ । सरकारले आजदेखि काठमाडौं उपत्यकामा खसीबोका तथा च्याङ्ग्राको बिक्रीवितरण सुरु गरेको छ ।

नेपाल खाद्य संस्थानको थापाथलीस्थित धान गोदामबाट खसी, बोका तथा च्याङ्ग्राको बिक्रीवितरण गर्ने गरिएको छ । सरकारले दसैँलाई लक्षित गरेर मुस्ताङबाट एक हजार च्याङ्ग्रा खरिद गरी ल्याउने लक्ष्य राखिए पनि करिब ९ सय च्याङग्रा ल्याउन लागेको छ ।

दाङलगायत पश्चिमी जिल्लाबाट खसीबोका ल्याउने तयारी गरे पनि त्यहाँका व्यापारीले कुनै चासो नदेखाएपछि मकवानपुर र पर्साबाट खसीबोका खरिद गरी ल्याइएको छ । दाङबाट खसीबोका ल्याउन नसकिएपछि मकवानपुर र पर्साबाट लक्ष्यभन्दा आधा करिब ५ सय १० वटा खसीबोका मात्र खरिद गरिएको छ ।

खसीको प्रतिकेजी ४ सय ६५, बोकाको प्रतिकेजी ४ सय ६० र च्याङ्ग्राको प्रतिकेजी ६ सय ८५ रुपैयाँ मूल्य तोकिएको छ । यसमा १० प्रतिशत छुट पाइने बताइएको छ ।