Saturday, 19, September, 2020 info@saipalnews.com

वृद्ध हत्या प्रकरण : १५ महिनासम्म पनि दोषी पत्ता लागेन

विराटनगर । बोक्साको आरोपमा पटकपटक अपमानित हुँदै आएका एक वृद्धको घाँटी रेटेर वीभत्स हत्या भएको पन्ध्र महिना बित्दा पनि प्रहरीले दोषीको पहिचान गर्न सकेको छेन ।

रंगेली नगरपालिका ९ साबिकको दर्वेशा बनकोलका ६३ बर्षीय पहाडचन राजवंशीलाई अज्ञात समूहले गतबर्ष असार दोस्रो साता उनकै घर नजिक घाँटी रेटेर वीभत्स हत्या गरी सडकमा फालेको थियो ।

घटनामा संलग्न व्यक्ति पहिचान भइसकेको दाबी गर्दै संलग्न व्यक्ति भारत छिरेकाले पक्राउ गर्न समस्या भएको प्रहरीको भनाइ छ । कान्तिपुर दैनिकमा खबर छ।