Monday, 28, September, 2020 info@saipalnews.com

रहेनन् सञ्चार उद्यमी ज्ञवाली

काठमाडौ । सञ्चार उद्यमी हेमराज ज्ञवालीको ७९ वर्षको उमेरमा शनिबार साँझ निधन भएको छ।

बाँसबारीस्थित गंगालाल हृदयरोग केन्द्रमा उपचारका क्रममा उनको निधन भएको हो। पूर्वप्रशासक ज्ञवाली नेपाल रिपब्लिक मिडियाका संस्थापक अध्यक्ष ज्ञवाली कान्तिपुर पब्लिकेसनका पनि संस्थापक अध्यक्ष थिए।

२०१७ सालमा सरकारी सेवा प्रवेश गरेका उनले २०४४ सम्म तत्कालीन श्री ५ को सरकारको सेवामा प्रमुख जिल्ला अधिकारी, महानिर्देशक र सहसचिव जस्ता पदमा रहेर जिम्मेवारी निर्वाह गरेका थिए। ज्ञवालीका श्रीमती र तीन छोरा छन्। उनको शनिबार राति नै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ।