Monday, 18, January, 2021 info@saipalnews.com

टुंगिदै विवाद : मलेसियासँग श्रम समझदारी कार्तिक १२ मा

काठमाडौ । नेपाल र मलेसियाबीच दुई पक्षीय श्रम समझदारी कार्तिक १२ मा हस्ताक्षर हुने भएको छ ।

श्रम मन्त्रालयका सचिव महेश प्रसाद दाहालका अनुसार समझादारीमा हस्ताक्षर गर्न मलेसियाका मान संसाधनमन्त्री कुला सेघरान आउनेछन् ।

यो समझदारी वैदेशिक रोजकारीको इतिहासमा कोसेढुंगा हुने दाहालले बताए । नेपालले जेठ २ देखि मलेसिया रोजगारीमा रोक लगाएको छ । श्रम समझदारी लगत्तै केही प्राविधिक विषय टुंगिएपछि फुकुवा गरिने मन्त्रालयले जनाएको छ । कान्तिपुर दैनिकमा खबर छ।