Wednesday, 02, December, 2020 info@saipalnews.com

सरकारले नै दिन्छ २ हजार बलि

काठमाडौ । उपत्यकाका तीन जिल्लाका शक्तिपीठमा सरकारी तवरबाटै बर्सेनि दुई हजारभन्दा बढी बलि दिने गरिएको छ ।

काठमाडौं, भक्तपुर र ललितपुरमा यसका लागि सरकारले १ करोडभन्दा बढी बजेट छुट्याउँदै आएका छन् । नेपालीको सबैभन्दा ठूलो चाड दसैंमा सबैभन्दा धेरै बलि दिने गरिएको छ ।

शक्तिपीठहरुमा राँगा, बोका, भेडा, हाँस, कुखुरा, बंगुर र खसी बलि दिने गरिएको गुठी संस्थानका सह प्रकाशक जयप्रसाद रेग्मीले जानकारी दिए । अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।