Saturday, 05, December, 2020 info@saipalnews.com

सप्तरीमा बस पल्टियो १ जनाको मृत्यु, ८ घाइते

सप्तरी ।सप्तरीको शम्भुनाथ नगरपालिका ७ मा बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ८ जना घाइते भएका छन् ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना ४ ख ४४७० नम्बरको बस आफै अनियन्त्रित भई रोडको उत्तरतर्फ खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बसका सहचालक काभ्रे घर भएका ४५ बर्षका दीपक राईको मृत्यु भएको हो । घाइते भएका उनलाई उपचारका लागि लहान लगिए पनि मृत्यु भएको प्रहरीले जनाएको छ ।