Saturday, 19, September, 2020 info@saipalnews.com

भारतले नेपाललाई दिने भनिएको ७५ अर्ब किन दिएन ?

काठमाडौ । भूकम्पले भत्किएका संरचना पुनर्निर्माणका लागि भारतले दिने भनेको ७५ अर्ब रुपैयाँ नआउने भएको छ।

भारतले पुनर्निर्माणका लागि २५ अर्ब अनुदान र एक्जिम बैंकमार्फत सहुलियत ऋणमा ७५ अर्ब घोषणा गरेको थियो। भूकम्पलगत्तै सरकारले आयोजना गरेको ‘नेपालको पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय सम्मेलन’ मा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले एक खर्ब रुपैयाँ सहयोग घोषणा गरेकी थिइन्।

उनले पाँच वर्षभित्र सबै रकम उपलब्ध गराइसक्ने प्रतिबद्धता जनाएकी थिइन्। त्योमध्ये अहिलेसम्म भारतले दुई प्रतिशत रकम मात्र दिएको छ। अर्थ मन्त्रालयमार्फत गत साउन ११ मा दुई अर्ब १० करोड ४३ लाख रुपैयाँको चेक हस्तान्तरण गरेको थियो।

सम्मेलनका वेला विदेशमन्त्री स्वराजले घोषणा गरेकोबाहेक भारतले दिने नियमित सहयोग जारी रहने बताएकी थिइन्। तर सहयोग घोषणामै सीमित भएको छ। एक्जिम बैंकमार्फत दिने भनिएको ७५ अर्ब नआउने पक्का भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले पुष्टि गरे। अनुदानको रकम पनि ढिलो गरी आउने उनले बताए। न्नपुर्ण पोष्टमा खबर छ।