Friday, 18, September, 2020 info@saipalnews.com

प्रधानमन्त्रीको विषयमा भ्रमपूर्ण समाचार लेखेको आरोपमा पत्रकार पक्राउ

भ्रमपूर्ण समाचार लेखेको भन्दै एकजना पत्रकारलाई प्रहरीले पक्राउ गरेको छ। छातीको संक्रमणका कारण अस्पताल भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओलीका बारेमा भ्रमपूर्ण समाचार सम्प्रेषण गरेको भन्दै पाथिभार अनलाइन डट्कम अनलाइन समाचार पोर्टलका सम्पादक हरिप्रसाद मानन्धरलाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो।

स्याङ्जाको हरिनाथ गाउँपालिका-३ घर भइ हाल काठमाडौंको कागेश्वरी बस्दै आएका मानन्धरविरुद्ध विद्युतीय अपराध तथा कसुर मुद्दामा अनुसन्धान प्रक्रिया अगाडि बढाएको महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए। महाशाखाले भ्रमपूर्ण समाचार प्रकाशन तथा प्रशारण नगर्न/नगराउन सबैलाई आग्रहसमेत गरेको छ।