Friday, 25, September, 2020 info@saipalnews.com

मुख्यमन्त्री र मन्त्रीबीच किन भयो चर्काचर्की ? यस्तो रहेछ कारण

काठमाडौ । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलसँग पुर्वाधारमन्त्री केशव स्थापित मुखैमुख लागेका छन् । मुख्यमन्त्री र मन्त्रीबीच मन्त्रिपरिषद बैठकमा बुधबार चर्काचर्की भएको हो ।

स्थापितले आफुमाथि गरेको व्यवहारबारे नेकपाको नेतृत्वसँग छलफल गर्न मुख्यमन्त्री पौडेल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल बिहीबार काठमाडौं गएका छन् ।

मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका स्थापितले बुधबार बैठकको अन्तिमतिर मुख्यमन्त्रीमाथि अभद्र व्यवहार गरेको एक मन्त्रीले जनाए । कान्तिपुर दैनिकमा खबर छ।