Friday, 27, November, 2020 info@saipalnews.com

पोखरा विमानस्थल निर्माणमा भारतीय अवरोध

पोखरा । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गरिरहेको चिनियाँ ठेकेदार कम्पनीले जमिनमुनि e]टिएको चट्टान फुटाउन आवश्यक बमबारुद किन्न झामेला बेहोर्नुपरेको गुनासो गरेको छ।

बिस्फोटक पदार्थ किन्न छ महिनाअघिदेखि नै सुरु गरेको प्रक्रिया अहिलेसम्म पूरा नभएको उसले बताएको छ। अहिले एयरपोर्टको धावनमार्गको स्वरुप तयार गर्नेलगायत काम भइरहेका छ।

जमिन खन्दा निस्केको ठूला ढुंगा र कडा भूगर्भ फुटाउन बिस्फोटक पदार्थ आवश्यक परेको छ। पोखराको सेनी नदीपूर्वको बालुवा–गेग्रान जमेको भूगर्भ चट्टानजस्तै कडा छ।

तादुकवाला निकाय नागरिक उड्डयन प्राधिकरण, उड्डयन मन्त्रालय र अर्थ, गृह, रक्षा हुँदै प्रक्रिया भारतीय दूतावासमा पुगेको जानकारी ठेकेदार कम्पनी सीएएमीका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले जानकारी दिए।

बिस्फोटक पदार्थ भारतबाट किन्नुपर्ने हुँदा दूतावास हुँदै प्रक्रिया पूरा गर्नुपर्छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।