Friday, 27, November, 2020 info@saipalnews.com

भाइमसलाको चर्को मूल्य, केजी १ हजारसम्म बढ्यो

काठमाडौ । तिहारमा बढी खपत हुने भाइमसला तिहार नजिकिँदै गर्दा बजारमा यसको मूल्य अत्याधिक बढेको छ।

बढी खपत हुने मौका छोपेर व्यवसायीहरुले भाइमसलाको मूल्यबढाएको उपभोक्ताको गुनासो छ। भाइमसला भन्नाले काजु, किसमिस, पेस्ता, नरिवल, बदाम, मिश्रीलगायतलाई बुझाउँछ। खुद्रा व्यापार संघका अनुसार भाइमसलाको मूल्य केजीमै हजार रुपैयासम्म बढेको छ।

संघका अध्यक्ष राजकुमार श्रेष्ले गतवर्षको तुलनामा यो वर्ष भाइमसलाको मूल्य थोकमै तेब्बरसम्म बढेको बाताएको खबर छ। नेपाल थोक व्यापार संघका अध्यक्ष देवेन्द्र श्रेष्ठका अनुसार थोकबाट खुद्रामा पुग्दा धेरै बढेको छैनन्।

खुद्रा बजरामै मूल्य वृद्धि भएकाे उनले जनाएका छन्। यता खुद्रा व्यापार संघका अध्यक्ष श्रेष्ठले थोकमा नबढी खुद्रामा मात्रै मूल्य बढ्न नसक्ने दाबी गरे। गोरखापत्र दैनिकमा खबर छ।