Sunday, 28, February, 2021 info@saipalnews.com

कात्तिकभित्रै १० देशमा रादजदूत सिफारिस हुँदै

काठमाडौ । सरकारले १० कूटनीतिक नियोगका लागि चाँडै राजदूत सिफारिस गर्ने भएको छ। रिक्त रहेका चार चाँडै रिक्त हुन लागेको छ कूटनीतिक नियोगमा कात्तिकभित्रै राजदूतका लागि सिफारिस गर्ने सरकारको तयारी छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी मंसिर २ मा जापान भ्रमणमा जानुअघि नै रादूत सिफारिसका लागि गृहकार्य भइरहेको छ। हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघीय स्थायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदूत खाली रहेको छ।

तीन महिनाभित्र थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदूतको म्याद सकिँदैछ। सुरुमा रिक्त देशमा मात्रै राजदूत सिफारिसका लागि तयारी भएको, तर तीन महिनाभित्र छ स्थानमा रिक्त हुने भएकाले अब एकै साथ सिफारिस गरिने परराष्ट्रमन्त्री ज्ञवालीले बताए। नयाँ पत्रिका दैनिकमा खबर छ।