Saturday, 19, September, 2020 info@saipalnews.com

कर्मचारी समायोजन ऐन: ‘कि जाऊ, नत्र छोड’

काठमाडौ । कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ।

समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश र स्सथानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सुचिव शुरेस अधिकारीले जानकारी दिए। बाटोको म्‍यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ। ९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकास दिन सक्‍ने व्यवस्था गरिएको छ।

कि पठाएका ठाँउमा जानु पर्‍यो कि छोड्नु पर्‍यो” मन्त्रालयका निमित्त सचिव अधिकारीले भने। कर्मचारी समायोजनाको लागि कर्मचारीको नाम, थर, ठेगनासहितको सम्पूर्ण विवरण सफ्टवेयर मै तयार पारिने जनाइएको छ।

उमेरका आधारमा अवकाश पाउन दुई वर्षभन्दा कम अवधि रहेका कर्मचारीलाई समायोजन नगरिने उल्‍लेख गरिएको छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।