Wednesday, 21, October, 2020 info@saipalnews.com

अब कमाइको १० प्रतिशत आमाबाको खातामा राख्नैपर्ने

काठमाडौ । तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ? अनि आमाबाको लालानपालको दायित्वबाट पन्छिनुभएको त छैन? अब भने कानुनले नै तपाइलाई जिम्मेवार बनाउँदैछ।

सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी भइरहेको खबर छ। मासिक रुपमा आमाबाको बैंकखातामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए।

जेष्ठ नागरिकको स्वास्थ्य, लालनपालन तथा भविष्य सुनिस्चित गर्न यस्तो प्रावधान राखिएको राईले जिकिर गरे। ‘आर्थक कारणले नै जेष्ठ नागरिकको जीवन दयनीय बन्ने गरेकोले परिवारका सदस्यलाई लालनपालनमा जिम्मेवार बनाउन खोजिएको हो’ उनले भने। सरकारले जेष्ठ नागरिक सम्बन्धी ऐन, २०६३ संशोधन गरी यस्तो प्रावधान राखेको हो। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।