Thursday, 22, October, 2020 info@saipalnews.com

भोलि छठको बिदा छ कि छैन ? यस्तो छ सरकारको निर्णय

काठमाडौं।तराई मधेशका जिल्लामा छठ पर्व मनाउने समुदायले धुमधामका साथ तयारी गरिरहेका छन् ।

शुरू भइसकेको छठको प्रमुख दिन मंगलवार घुमघामका साथ छठ मनाइँदैछ । तर, छठको अवसरमा दिइने सार्वजनिक बिदाबारे सर्वसाधारण अन्योलमा छन् ।

गत वर्षसम्म छठको अवसरमा सार्वजनिक बिदा हुने गरेपनि सरकारले यस वर्ष बिदा कटौती गरेकाले अन्योलता देखिएको छ । यस वर्ष समेत सरकारले छठको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । तर, देशैभर बिदा दिइएको छैन ।

सरकारले बिदा सम्बन्धी निर्णय गरेपछि नेपाल राजपत्रमा २०७४ चैत १४ गते प्रकाशित गरेको गृह मन्त्रालयको सूचनामा छठको सार्वजनिक बिदाबारे व्यवस्था गरिएको छ । सूचनाको २.२ मा ‘सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र सार्वजनिक बिदा हुने पर्वहरू’ सम्बन्धी व्यवस्था गरिएको छ । जुन खण्डको (घ) मा ‘छठ पर्व, कात्तिक २७ गते मंगलबार’ पनि समावेश छ ।

सूचना अनुसार छठ पर्वको सार्वजनिक बिदा ‘सम्बन्धित धर्म, संस्कृति, भौगोलिक क्षेत्र र स्थान विशेषका लागि मात्र’ दिइने छ ।लोकान्तर