Monday, 21, September, 2020 info@saipalnews.com

जाडोबाट बचाउन बाआमालाई लगाउनुस् सुई

काठमाडौ । चिसो बढ्दैछ। यही वेला वृद्धवृद्धालाई निमोनियाको जोखिम हुनसक्छ। तर समयमै खोप लगाए समस्या नै आउँदैन।

सबै स्वास्थ्य संस्थामा निःशुल्क खोप उपलव्ध रहेको छ। निमोनियाबाट जोगिन ६५ वर्ष नाघेकाले एकपटक मात्र खोप लगाए जीवनभर पुग्छ। ‘निमोनियाप्रतिरोधी खोप एकपटक गरिने लगानी हो।

ब्याक्टेरिया निमोनियाविरुद्धको खोप ज्येष्ठ नागरिकले जीवनमा एकपटक लगाए पुग्छ। खोप लगाउने वेला यही हो’ ज्येष्ठ नागरिक विशेषज्ञ डा. रमेश कँडेलले भने।

अन्य अउमेरकालाई फ्लुको खोप हरेक वर्ष लगाउनु उपयक्त हुने उनले बताए।निमोनियाले फोक्सोमा संक्रमण हुन्छ। ब्याक्टेरिया, भाइरस र फंगसलगायत सूक्ष्म जीवाणुले निमोनिया हुन्छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।