Saturday, 26, September, 2020 info@saipalnews.com

सडक छेउछाउ ‘मर्निङ वाक’ गर्दै हुनुहन्छ? श्वासप्रश्वाससम्बन्धी रोग निम्तेला

काठमाडौ । शहरका सडक छेउछाउ ‘मर्निङ वाक’ गर्दै हुनुहन्छ? ख्याल गर्नुहोस्। बाहिरी प्रदूषणका कारण हानिकारक कण मिसिएपछि हावाले यतिबेला नैसर्गिक गुण गुमाएको छ।

दुषित वायुका कारण फोक्सोलगायत संवेदनशील अंगमा श्वासप्रश्वासजन्य रोग निम्तिन सक्छन्। बढ्दो वायु प्रदूषणका कारण मनिङ वाक नगर्न वीर अस्पतालका वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ प्राडा ढुण्डिराज पौडेलले सुझाव दिए। ‘सास फेर्दा धूलोधुवाँका कण शरीरभित्र छिरेर फोक्सोलगायत अंगमा असर पुग्छ’, उनले भने।

ठूला कण श्वासप्रश्वास नलीमा अड्कन्छिन्। मसिना कण भने सोझै फोक्सोमा पुग्छन्। ‘२.५ माइक्रोनभन्दा साना कण सिधै फोक्सोमा पुग्छन्। फोक्सोबाट रक्तसञ्चार प्रणलीद्वारा मुटु, मिर्गौला’ छालालगायतमा असर पुग्छ’, डा. पौडेलले भने। पाँच वर्षमुनिका बालबालिका, ज्येष्ठ नागरिकलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति बढी सजग हुनुपर्ने चिकित्सकको भनाइ छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ।