Thursday, 01, October, 2020 info@saipalnews.com

असार सकिन लाग्दा २५ प्रतिशत मात्र राेपाइँ सकियाे

काठमाडाैं । असार महिना सकिनै लाग्दा पनि धान रोपाइँं जम्मा २५ प्रतिशत मात्र सकिएकाे छ । मल तथा पानी अभावमा राेपाइँले गती लिन नसकेकाे हाे ।

अहिलेसम्म कर्णाली प्रदेशमा मात्र ५३.४१ प्रतिशत धान रोपाइँ सकिएकाे छ ।

कृषि विभागका अनुसार कर्णाली प्रदेशमा असार २५ गतेसम्ममा ५३.४१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यसैगरी १ नम्बर प्रदेशमा मा २०.४५ प्रतिशत, २ नम्बर प्रदेशमा १३ प्रतिशत, ३ नम्बर प्रदेशमा २४ प्रतिशत, गण्डकी प्रदेशमा ३१ प्रतिशत, प्रदेश नम्बर ५ मा ३० प्रतिशत र सुदुरपश्चिम प्रदेशमा ४४.४१ प्रतिशत मात्र रोपाइँ सम्पन भएको छ ।

यसरी हेर्दा समग्रमा सातवटै प्रदेशमा जम्मा २५ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । तथ्यांक अनुसार गत वर्ष यही अवधिमा ५२.५३ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो ।