Sunday, 17, January, 2021 info@saipalnews.com

दीपाश्री र आर्यनको,सुकुटी साधन साहुनी

काठमाडौँ । भदौ ६ गतेबाट रिलिज हुन लागेको चलचित्र हजार जुनी सम्मको एक आइटम गीत रिलिज भएको छ । चलचित्रको दोश्रो गीतको रुपमा रिलिज गरिएको सुकुटी साधन साहुनी’ बोलको गीतमा मिना निरौला र प्रल्हाद तिमिल्सिनाको स्वर, एकनारायण भण्डारीको शब्द, बसन्त सापकोटाको संगीत छ ।

चलचित्रको यो गीतमा निर्देशक दीपाश्री निरौलाले आइटम नृत्य गरेकी छिन् । उनको साथमा चलचित्रका मुख्य कलाकार आर्यन सिग्देल, स्वस्तिमा खड्का, अखिलेष प्रधान, शिवहरि पौडेलको नृत्य हेर्न सकिन्छ । (साभार अनलाइनखबर)