Saturday, 05, December, 2020 info@saipalnews.com

हिजो झिंगा देखेर पनि डराउने गर्थ्यो

अरु के नै बनाउनु छ तिमिलाइ घर जस्तो 

आखिर त्यो दिल बनाएपछि पत्थर जस्तो

हिजो झिंगा देखेर पनि डराउने गर्थ्यो 

आज छोरा भएको छ यार हिटलर जस्तो

अचेल यी कलियुगका मान्छे हरु पनि 

ब्याबहार गर्न थालेका छन जनावर जस्तो

तिमिले मलाइ छोडेको बर्षौ पुग्दा पनि 

मलाइ लाग्न थालेको छ भर्खर जस्तो

तिमिले यस्ता हजारौं प्रश्न हरु गरेपनि 

मलाइ त्यहीँ लाग्छ जावाफ उत्तर जस्तो

                                                               सन्तोष उदाशी : घर अछाम :हाल भारत