Sunday, 20, September, 2020 info@saipalnews.com

प्रसूति गृहमा सुत्केरीको निधन भएपछि तनाव

काठमाडौं । सुत्केरी आमाको मृत्यु भएपछि थापाथलीस्थित प्रसूति गृहमा तनाव उत्पन्न भएको छ । सुत्केरी गराउन प्रसूति गृह भर्ना भएकी नुवाकोट दुप्चेकी ३८ वर्षीया कल्पना तामाङको मृत्यु भएको अस्पताले जनाएको छ ।
शल्यक्रिया गरेर बच्चा निकाल्नुपर्ने बताउँदै मंगलबार भर्ना गरेको तर एकैपटक बुधबार अस्पतालले मृत घोषणा गर्दा आफन्त आन्दोलित भएका छन् ।
तनाव बढेपछि अस्पतालमा प्रहरी परिचालन गरिएको छ। अहिले अस्पताल प्रशासन र आफन्तबीच वार्ता जारी छ।आफन्तले बच्चाको अवस्था पनि अज्ञात रहेको बताएका छन्। अस्पतालको लापरबाहीले आमाको ज्यान गएको आरोप आफन्तले आरोप लगाएका छन् । १२खरीबाट साभार