Saturday, 31, October, 2020 info@saipalnews.com

विप्लवसँग वार्ताको प्रयास

काठमाण्डौ – गएको जेठ ७ गते भोजपुरको ट्याम्के–मैयुङ गाउँपालिकाको धोद्रे जङ्गलमा प्रहरीको गोली लागेर भोजपुरकै कुदाककाउलेका तीर्थराज घिमिरे ‘राजु’ मारिए ।

उनी विप्लव नेतृत्वको नेकपामा लागेको २० दिनमै प्रहरीको गोली प्रहारबाट मारिन पुगेका थिए । राजुलाई प्रहरीले गिरफ्तार गरेपछि यादना दिएर गोली हानेको विप्लव समूहले दावी गर्यो भने प्रहरीले दोहोरो भिडन्तमा उनको ज्यान गएको भन्यो ।

राजु मारिएको एक महिना नबित्दै असार ५ गते सर्लाहीमा फेरि एक जना विप्लव समूहका जिल्ला नेता प्रहरीको गोलीबाट मारिए । सर्लाहीको लालबन्दी नगरपालिकास्थित लखन्तीखोलामा विप्लवका जिल्ला नेता कुमार पौडेलको प्रहरीको गोली लागेर ज्यान गयो ।

स्थानीय बासिन्दा र विप्लव समूहले पौडेललाई प्रहरीले नियन्त्रणमा लिएर गोली प्रहार गरी हत्या गरेको दाबी गरेका छन् । यो घटनामा पनि प्रहरीले पौडेल दोहोरो मुठभेडमा नै मारिएको दावी गर्दै आएको छ ।