Friday, 18, September, 2020 info@saipalnews.com

शक्तिशाली बम विस्फोट १ एकजनाको मृत्यु ४ घाइते

कैलाली ।धनगढी उपमहानगरपालिका ३ सहिदगेटमा बिहीबार साँझ शक्तिशााली बम विस्फोट भएको छ । विस्फोटमा ५ जना घाइते मध्य एक जनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ४ जनाको धनगढीस्थित माया मेट्रो अस्पतालमा उपचार भइरहेको छ । मृत्यु हुनेमा बझाङका राम सिंह रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा कञ्चनपुरको बेलौरी ५ का लक्ष्मण सेरला, मोबिन खान, जितेन्द्र यादव र धनगढी ४ बोराडाडीका केशवराज पाण्डे र होटल संचालक रहेका छन् । साथै प्रहरीलाई पसलिण्डर विस्फोटको सुचना आएको भएपनि त्यो शक्तिशाली बम भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ । घटनास्थलमा एक थान पेस्तोल समेत भेटिएको प्रहरी उपरीक्षक एसपी सुदीप गिरीले बताएका छन् ।

प्रहरीको अनुसन्धान, विल्पवको संलग्नता

घटनाको अनुसन्धान थालेको प्रहरीले यस घटनामा विप्लवको संलग्नता रहेको बताएको छ । साथै बम विस्फोटमा ज्यान गुमाउने बझाङका राम सिंह र घाइते लक्ष्मण सेरला विप्लव समूहका सदस्य रहेको प्रहरीले दावी गरेको छ । साथै विप्लव समूहले बोकेको बम नै विस्फोट भएको जनाएको छ । घटना पछि विप्लवका कार्याकताले बारम्बार राम र लक्ष्मणको नम्बरका फोन गरि रहेकाले यो घटनामा विप्लवको हात रहेको बताएको छ । अहिले उक्त घटनाको विस्तृत अनुसन्धान भइरहेको जनाएको छ ।

घटनामा आफनो हात नरहेको विप्लवको जिगिर

प्रहरीले संलग्नता भनेको विप्लव समूहले भन्ने घटनामा आफनो संलग्नता नभएको दावी गरेको छ । आफनो संलग्नता नभएको घटनामा विप्लवलाई मुच्न नपाइने विप्लव समूहले जनाएको छ ।