Saturday, 26, September, 2020 info@saipalnews.com

पहिला सुरक्षित नेपाली :अनि मात्र समृद्ध नेपाल

 

विवेक भुषण दाहाल

हाम्रो मुलुकको भूमि एउटै किसिमको छैन। बिश्वमै सवैभन्दा होचो र अग्लो ठाउँ नै नेपाल हो ।  हिमाल पहाड र तराईमा यो वर्षातमा मात्रै होईन ।हरेक वर्षको असार र साउने महिनामा कटान र डुवान दुवै हुने गरेको छ ।पहाडका विभिन्न वस्तीहरु पहिरोको उच्च जोखिममा छन । भौतिक र अभौतिक क्षति वर्षैनी भइरहेको छ ।

साविको नदी अतिक्रम हुदा उपत्यका पनि डुवानमा छ । त्यसको सक्रष उपत्यका वासिले  सहि रहेका छन् । त्यो पीडा हामीले देखेका छौ । भोग्यका  छौ । खै नदीनालालाई दिगो रुपमा नियन्त्रण गर्न सकेको ? पहाडमा पहिरो जानु भन्दा पहिले खै वस्ती स्थानतरण गरेको ? यो कमजोरी हो कि भुल हो । आज मात्र होईन यो वर्षैदेखि यस्तै भईरहेको छ । सरोकार वाला निकाय को हो ? म तपाई हामी र सरकार   के यस्तो विपत्ति हुन्छ भन्ने यहाँ भन्दा पहिला थाहा थिएन होला र ?राहातका पोका बोकेर जानू भन्दा  बग्ने पहाड र नदिनालालाई नियन्त्रण गर्न हातमा औजार अनि हामी हामीमा हाम्रो मूलुकमा कुनैपनि विपत्ति आउन दिदैनौ भनेर  महान अठोटका साथ विशाल जोस र जागर बोकेर जाने शक्ति र समूह हुनुपर्छ । त्यो समयसम्म जुन बेलासम्म आउदैन, हामीले यो विपत्तिको सामना बेहारी रहनु पर्ने छ । यो त एउटा खतराको घन्टी मात्र हो । यदि समयमै उपत्यकाका नदीनाला अतिक्रमण नरोकिने हो भने भाली ठुलो घटना हुने निश्चित छ । त्यसैले यसतर्फ सरकारको समयमै ध्यान जान आवश्यक छ ।

जव पढि रात्रि तव बुढी ताति

यो त हामी नेपालीको लागेकै बानी हो । जव सम्म कुनै घटना घट्दैन् । जव त्यो विषय राष्ट्रिय संचार माध्यामको मुख्य समाचार बन्दैन्न । तव सम्म हामीले कुनै कुराको महत्व बुझ्दैनौ या चासो दिदैनौ । भौतिक क्षतिले मात्र पुग्दैन हामीलाई मानविय क्षतिनै चाहिन्छ । अनि मात्र ध्यान गर्न बसेका मेरा तपाईका र सरकारका थोरै नयनका परेली बल्ल खुल्छन् । अनि हामी सबै मिलेर दुख व्यक्त गर्छौ । ज्यान गुमाउनेहरु प्रति गहिरो सम्वेदना र घाइतेहरु प्रति सिघ्र–स्वास्थ्य लाभको कामना गर्छौ । पीडित परिवारलाई धैरे धारणा हुने शक्ति प्रदान होस् भन्दै श्री पशुपति नाथको मन्त्र जव्छौ ।

यो हाम्रो सबै भन्दा ठुलो कमजोरी र लाचारीपन हो । राहातको पोका हातमा बोकेर राहात हस्तान्तरण गर्नु भन्दा पहिले तस्बिर कैद गर्ना साथ यता मुहार पुस्तिकामा तस्बिर र पीडितको हातमा राहात एकैसाथ थम्याउँछौ  ।

पीडितलाई सुरक्षित स्थानमा सार्नु भन्दा त्यो वस्ती नै सुरक्षित बनाउन तर्फ ध्यान दिने हो की ?अनि पो हाम्रा जनता सुरक्षित स्थानमा सारेको छौ भन्नु भन्दा नेपालका वस्ती सुरक्षित छन् ढुक्का साथ भन्दा कति आन्नद आउला यो पनि सोच्ने हो की ?

हुन त दुःखमा परेका पीडितलाई म छु भन्दा केहि राहत उपलब्ध गराउदा शान्तोना त मिल्ला तर कति दिनलाई ? सरकारले त भन्छ ।सुखी नेपाली समृद्ध नेपाल तर नेपाली नै नरहे सुखी नेपाली, समृद्ध नेपालको के काम । त्यसैले हामीले डुवान बाढीको पहिरोको पीडा वर्षैनी भोग्यौ । अव त्यो पीडा भूलाउन सक्दैनौ त ।पक्का सक्छौ । तर यसको लागि सरकारले छिमेकी मुलुक संग सप्ताकोशी,कोशी लगायतका नदीमा ठुला–ठुला बाधँ बन्ने बेलामा भएका संम्झौता खोरिज गर्न तर्फ ध्यान दिनु प¥यो । कसरी नेपालीलाई सुरक्षित राख्न सकिन्छ । त्यस तर्फ पहल गर्नु आवश्यक छ ।तराईका नदीनालामा भारतले बनाएका ठुल्ल–ठुला नबनाउने हो । भने तराई डुवानबाट ९० प्रतिशत सुरक्षित हुन्छन ।

पहाडमा पछिल्लो सयम जथाभावि बाटो निर्माण गर्ने नाममा प्रयोग भएका डोजरले  पहिरोको उच्चजोखिम बढेको छ ।मापदण्ड विपरित डोजर चलाउदा पहाडका वस्ती मुटु फुट्ने गरी हल्ली भएका छन् । सुन्दर वस्ती छिया–छिया भएका छन् । कति बेला पहिरो जान्छ ।पत्तो छैन् । त्यसैले पहिला ती सुरक्षित वस्ती र सुरक्षित नेपाली बनाउ सरकार अनि मात्र पछि समृद्ध नेपाल बनाउला ।