Saturday, 19, September, 2020 info@saipalnews.com

अधुरा आयोजना पूरा गर्न १० अर्ब खर्च गर्दै सरकार

काठमाडौँ । नेपालमा अधुरा निर्माण आयोजना भन्ने कुरा नौलो होइन् । यो कुरा त आम नेपालीले वर्षै देखि  सुन्दै भोग्दै आएका छन् । तर अहिले भन्ने सरकारले अधुरो अवस्थामा रहेका विभिन्न आयोजना अघि बढाउन चालु आर्थिक वर्ष ०७६र७७ मा १० अर्ब ७९ करोड रुपैयाँ खर्च गर्ने भएको छ । अर्थ मन्त्रालयले आफ्नो जगेडा बजेटबाट  रकम खर्च गर्ने  बताएको छ ।

हरेक वर्ष भैपरी आउने विभिन्न कार्यक्रमका लागि अर्थले जगेडामा केही रकम छुट्याएर राख्नृ गर्दै आएको थियो ।  यसअन्तर्गत दैवी प्रकोप राहत तथा पुनःस्थापना , भैपरी आउने विकास कार्यक्रम, संघीय संरचना पूर्वाधार विकास कार्यक्रमजस्ता क्षेत्रमा अतिरिक्त बजेट राखिन्छ । चालु आर्थिक वर्षमा अधुरा आयोजना कार्यान्वयन कार्यक्रमका लागि अतिरिक्त बजेट छुट्याइएको जनाएको छ ।

सरकारले पुराना र बहुवर्षीय आयोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । जगेडा राखिएको यो १० अर्ब कुनै पुरानो आयोजनामा बजेट अपुग भयो  भने त्यसमा खर्च गरिने मन्त्रालयको भनाइ छ ।