Wednesday, 25, November, 2020 info@saipalnews.com

तागत मात्र चाहिन्छ : पैसा खोज्दै आउँछ

बझाङ । देशलाई पुरुषाको भन्दा महिलाको बढि योगदान ।बझाङका धेरै जसो पुरुष सबै रोजगारको लागि भारत लगायत तेस्रो मुलुकमा छन् ।गाउँमा जम्मै बालबालिका र महिला मात्र छन् । तर पुरुषहरु नभएपनि महिलाले देशको लागि योगदान गर्न सक्छन् । भन्ने उदारण बझाङका महिलाले दिएकी छन् ।

पहिला घरकै काम र चुलोचौकोमा व्यस्त सुन्दरका महिलाको अहिले विकासे काममा पनि सहभागिता देखिन्न थालेको छ । देश संघीय संरचनामा गएपछी अहिले स्थानीयतहले पनी बिभिन्न बिकास निमार्णका कामहरुका लागी योजनाहरु बाँडफाड गर्ने भ्एकोले पनी अहिले महिलाहरुले बिकास निर्माणका काममा प्रत्येक्ष रुपमा सहभागी हुने गरेका छन् । 

यहाँका महिलाहरु बिना पारिश्रमिकको घरेलु काम छोडेर आयआर्जन हुने काममा सहभागी हुन थालेका छन् सँगै अधिकांश समय मेलापात र घाँस दाउरामा बिताउने यहाँका महिला दैनिक आयस्रोत बृद्धि गर्ने तर्फ लागि परेका छन् ।

स्थानीय सरकार बन्ने पछि विकासका कामहरुले गति पाएको छ । सानै भएपनि गाउँमा विकासको अनुभूति स्थानीयले गरेका छन् ।सधै गरिवीको चपेटामा परेका सुन्दरपश्चिमका जनताले स्थानीय सरकार बन्नेपछि केहि राहत महशुस गरेका छन् ।

विकट वस्ती सम्म विकास निर्माणको कामले गति पाए संगै उक्त निर्माणमा कार्यहरुमा महिलाहरुको पनि सहभागिता बढ्दै गएकोछ । तेलसाबुन किन्न  समेत श्रीमानको भर पर्नु पर्ने यहाँका महिलाको झनझन्ट पनि अहिले टरेको छ । विदेशमा श्रीमानले कमाएको भन्दा राम्रै कमाई महिलाले गाउँमै गर्न थालेका छन् । विकास निर्माणमा मजदुरी गरे बाफत दिनको ८ सउ ५०  रुपौँयाका दरले गाउँमा ज्याला पाइरहेका छन् ।

के भन्छन् त यहाँका महिला

अहिले गाउँमै सानो–ठुलो भएता पनि रोजगार पाएका छौ ।तेलसाबुनको लागि घरपरिवारको मुख ताक्नु पर्ने झनझन्ट पनि टरेको छ । दिनकै ८ सय ५० रुपैँया सम्म कमाई हुन्छ । यदि भएपछि त श्रीमानले विदेशबाट पठाउने पैसाको बाटो कुर्नु पर्छ । तर आवश्यक कामहरु पैसा छैन् । पछि गरौला भन्नेर नै टार्नु पर्छ एक स्थानीय महिलाले बताउनु भयो । पहिला गाउँमा काम थिएन् । त्यो समय वनपात गर्दै वित्ने गरेको थियो । अहिले त्यस्तो छैन् । गाउँमै रोजगार पाइराखेको छ । आफुले काम गर्न मात्र सक्नु प¥यो पैसा त कति हो कति कमाउन सकिन्छ ।

यस्तै उदारण्का लागि खप्तड छान्ना गाउँपालिका ३ मा निर्माण हुन लागेको खानेपानी योजनामा पुरुषको तुलनामा भन्दा महिलाको संख्या बढि छ । पुरुषले गर्ने काम महिलाले गरि रहेका छन् । पैसा कमाइ रहेको उपभोत्ता समितिले जनाएको छ । यस क्षेत्रमा विकास निर्माण हुने योजनाहरुमा महिलाहरुको सहभागिता बढी छ ।

जिल्लामा संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट विभिन्न भौतिक निर्माणका झण्डै दुई हजार भन्दा बढी योजना सञ्चालनमा छन् । ती योजनामा बझाङका २० हजार भन्दा बढि महिलाले प्रत्यक्ष रोजगारी पाएका छन् । यसले बझाङको आर्थिक अवस्थामा पनि सुधार ल्याएको छ ।