Wednesday, 23, September, 2020 info@saipalnews.com

२४ घण्टा भारीवर्षा हुने पूर्वाअनुमान

काठमाडौँ । देशका केहि भागमा भारि वर्षा हुने  मौसम पूर्वाअनुमान  महाशाखाले जनाएको छ । पूर्व तथा मध्य नेपालका विभिन्न स्थानमा  आगामी २४ घण्टा भारी वर्षा हुन सक्ने बताएको छ । त्यसले  ती क्षेत्रमा जस्तै पहाडी भूभागमा पहिरो जान सक्ने तथा पहाड तथा चुरेबाट बहने खोलाहरुमा जल सहत हल्का बढ्न सक्ने  भएकोले सतर्कता अपनाउन समेत पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।

बाढी पूर्वानुमान महाशाखाले निकालेको छुट्टै बुलेटिनमा आज इलाम, झापा, मोरङ्ग, सुनसरी, चितवन, पर्सालगायत आसपासका जिल्लामा मध्यमदेखि भारी वर्षा भइरहेको र ती जिल्ला भइ बहने नदीहरु मेची, विरिङ्ग, निन्दा, कन्काई, मावा रतुवा, लोहन्द्रा, चितवनको माडीस्थित रिउ खोलालगायत अन्य साना नदीमा आकस्मिक वहाव आउन सक्ने भएकोले तटीय क्षेत्रमा रहनेहरुलाई सतर्क रहन आग्रह गरिएको जनाएकोछ ।