Saturday, 24, October, 2020 info@saipalnews.com

१ प्रदेशका शिवालयमा श्रद्धालुको घुँइचो

सुनसरी । साउन महिनाको पहिलो सोमबार प्रदेश नम्बर १ का शिवालयान श्रद्धालुहरुको घुँइचो लागेको छ । प्रदेश नम्बर १ का प्रमुख धार्मिक तिर्थ स्थद धरानको १४ रुद्राक्षरण्य क्षेत्रमा अवस्थित पिण्डेश्वर वावाधाम , झापाको अर्जुनधार , खोटाङको हलेसी , सुनसरीको रामधुनि लगाएतका शिवालयहरुको गेरु वस्त्र धारी श्रद्धालुहरुको विहानै देखि भिड लागेको हो ।
पिण्डेश्वर बाबाधाममा विगतका वर्षहरुमा झै यो वर्ष पनि वोलबम धार्मिक मेला शुरु भएको छ । विगतका वर्षहरुमा झै यो वर्ष पनि धरान वजार गेरुवत्रमय भएको छ ।

साउन महिनाभर चल्ने सो वोलबम धार्मिक मेलामा कौशीकी नदी अर्थात सप्तकोशी नदिको जल ल्याएर चढाउने परंम्परा छ । पहेलो वस्त्र अर्थात गेरु वस्त्र धारण गरी सप्तकोशी नदिको जल ल्याएर पिण्डेश्वर वावाको मन्दिरमा चढाउदा मनोकांक्षा पुरा हुन्छ जनविश्वास छ । त्यसैले साउन महिना भर भगवान शिवको आराधाना गरी जल चढाएमा मनोकामना पुरा हुने विश्वासका कारण बोलबम धार्मिक मेला प्रसिद्ध बनेको छ । बोलवम भेलामा नेपालका विभिन्न ठाँउबाट मात्र होइन् । भारतको विहार, पश्चिम वंगाल ,दार्जिलिङ, खर्साङ, सिक्किम लगायतका स्थानवाट भत्तजनहरु आउने गरेको पिन्डेश्वर वावाधाम समितिले जनाएको छ । पिण्डेश्वरमा पहिलो हप्ता देखीनै श्रद्धालुहरु को घँुइचो लागेको बाबाधाम समितिले जनाएको छ ।भगवान शिवले समुद्र मन्थन गरेर निस्कीएको अमृतको मुख्य पिण्डनै धरानको यो विजयपुर रुद्रक्षमय पिण्डेश्वर बाबा धाम हो भन्ने विश्वास हिन्दु धर्मग्रन्थमा उल्लेख छ । त्यसैले पनि यो विण्डेश्वर वावाधाम प्रति हिन्दुधर्मावलम्वीहरुमा ठुलो विश्वास छ ।सुनसरीको चतरा नजिकैको सप्तकोशी नदीवाट खाली खुटटा पैदल हिडेर यहा साउन महिनाको सोमवार जल चढाउनेहरुको ओइरो लाग्ने गर्दछ । यसको लागि पिण्डेश्वर वावाधाम समितिले धर्मावलम्वीहरुलाई सहज तरिकाले दर्शन गर्न र जल चढाउन सकुन भनेर यो पटक भने विभिन्न सेवा सुविधाहरु पनि उपलब्ध गराएको छ । भत्तजनका लागि बाबाधाम समितिले खानेपानीको व्यास्था र टेलिफोन सुविधा लगायतका विभिन्न सुविधाहरु समेत प्रदान गर्ने वताइएको छ । यो बोलवबम धार्मिक मेलाले धरानको धार्मिक पर्यटन प्रर्वद्धनमा समेत निक्कै ठुलो महत्व बोकेको छ । साउन महिना मन्दिर परिशरमा महाआरती समेत गर्ने गरिएको छ भने साउन महिनाभर जल चढाउने व्यवस्था समेत गरिएको छ ।