Sunday, 27, September, 2020 info@saipalnews.com

गाई मार्ने ३ जना पक्राउ

धादिङ । गाई काट्ने ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । नीलकण्ठ नगरपालिका वडा ९ ससाह मेवाबारी बाट गाईको मासु बिक्री वितरण गर्ने ३ जना पक्राउ गरेको प्रहरीले जनाएको छ । बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय धादिङबाट खटीएको प्रहरी टोलीले गाईको मासु बिक्री वितरण गर्ने ३ जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा खनियाबास गा.पा.१ घर भई हाल नीलकण्ठ न.पा.९ बस्ने ५१ वर्षीय तार लामा तामाङ, सोहि ठाउँका ५० वर्षीय खर्पा तामाङ र ५६ वर्षीय लेक्ता तामाङ रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ । 

गाईलाई हम्बरले हानी मारी मासु काटी बेला नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।  पशु पन्छी विरुद्धको कसुरमा मुद्दा दर्ता गराएको प्रहरीले जनाएको छ । उनिहरुलाई धादिङ जिल्ला अदालत समक्ष उपस्थित गराई ७ दिन म्याद थप गरेर थप अनुसन्धान भइरहेको छ ।