Sunday, 20, September, 2020 info@saipalnews.com

पहिरोमा परि ६ जनाको मृत्यु २ घाइते

ग्ल्मी । गुल्मीको विभिन्न स्थानमा पहिरोले पुरिएर ६ जनाको मृत्यु भएको छ । भने २ जना घाइते भएका छन् । जिल्लाको सत्यवती गाउँपालिकाको वडा नम्बर ३ मा २ जना र वडा नम्बर ४ मा परि ६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । जस्तै  वडा नम्बर ३, को ठूलोलुम्पेक कसिन डाँडामा पहिरोले घर पुरिँदा ३२ वर्षीया तीलकुमारी त्रामु र ९ वर्षीय दर्शन त्रामुको मृत्यु भएको छ । भने वडा नम्बर ४ को लिम्घामा पहिरो जाँदा ६५ वर्षीय छल्लली बिक, २८ वर्षीय पम्फा बिक, १२ वर्षीय अञ्जली बिक र १० वर्षीय हेमन्त बिकको मृत्यु भएको प्रहरीको भनाइ छ । गएरातिदेखि परेको अविरल वर्षाले सुतिरहेको अवस्थामा घर पुरिँदा उनीहरुको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ । पहिरोमा पुरिएर २ जना घाइते भएका छन् ।

उद्धार र राहतका लागि ३ वटै सुरक्षा निकायको टोली घटनास्थलतर्फ पठाइएको प्रमुख जिल्ला अिधकारीले जानकारी दिएको छ । पहिरोले विभिन्न सडकमा क्षति पु¥याएकाले घटनास्थलमा सुरक्षाकर्मी पुग्न सकिरहेका छन् । तर सशस्त्र वलको टोली भन्ने वडा नम्बर ३ को घटनास्थलमा पुगि सकेको जनाएको छ । अन्य सुरक्षाकर्मी प्रमुख जिल्ला अधिकारीको टोली पनि घटनास्थल हिडेको जनाएको छ ।