Thursday, 22, October, 2020 info@saipalnews.com

महिला भलिबल प्रतिगिताको तयार हुदै

पोखरा । नवआदर्श सामुदायिक विकास समाजले तीज महोत्सवको अवसरमा यहाँ राष्ट्रिय महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ ।  ८औँ ः संस्करणको उक्त प्रतियोगिता लामाचौरमा आगामी भदौ १२ देखि १६ गते हुने आयोज टोलीले जनाएको छ । प्रतियोगितामा आठ टोली सहभागी हुने मंगलबार आयोजित पत्रकार सम्मेलन गरि जानकारी गराएको छ । राष्ट्रिय महिला भलिबलसँगै विद्यालयस्तरीय छात्रा भलिबलसमेत हुनेछ । विजेता टोलीले रु एक लाख १ सय ५५, दोस्रो हुने टोलीले रु ६५ हजार पाँच तथा तेस्रो हुने टोलीले रु २५ हजार पाँच पुरस्कार पाउने छन् ।

विद्यालयस्तरीय प्रतियोगिताको विजेताले रु रु २५ हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुने टीमले रु १० हजार पुरस्कार प्राप्त गर्नेछ । सो अवसरमा कास्की जिल्ला सितोरियो कराते सङ्घको व्यवस्थापनमा ‘नरबहादुर बानियाँ स्मृति सितोरियो कराते’ प्रतियोगितासमेत आयोजना हुने जानकारी गराइयो ।