Saturday, 24, October, 2020 info@saipalnews.com

बादल पारीको देश : भूस्वर्ग हो बडिमालिका

काठमाडौँ । बडिमालिका धार्मीक तथा पर्यटकीय दुबै दृष्टीबाट चर्चित गन्तव्य हो । ५ महिना हिँउ र ४ महिना कुहिरोले ढाक्ने प्रकृतिको अनुपम उपहार हो बडिमालिका । उक्त क्षेत्रबाट बाजुरा सहित अछाम,बझाङ्ग, डडेल्धुरा र डोटी तथा मध्यपश्चिमका कालीकोट, मुगु लगायतका जिल्लामा यो दृश्य नियाल्न सकिन्छ । सुदूरपश्चिमको धरोहर हो स्वर्गको एक टुक्रा बडिमालिका ।प्राकृतिक अनुपम सौन्दर्यताले भरिएको शक्ति पीठ बडिमालिका माईको दर्शन गर्नाले मनको इच्छा पुरा हुने विश्वास छ ।  मागेको वरदान पूरा हुन्छ भन्ने विश्वासले देशका विभिन्न ठाउँहरूबाट बडिमालिका माताको दर्शन आउनेहरुको साउन महिनाको जुनपुर्णिमा भिड लाग्ने गर्दछ । तिथालुभक्तजनको बाक्लो लस्कर देख्न सकिन्छ । 

धार्मिक आस्थाको केन्द्रविन्दु बडिमालिकामा प्रत्येक वर्ष जनैपूर्णिमाका दिन विशेष पूजा हुने गर्दछ । त्यस दिन तिर्थालुहरू बडिमालिकाको टुप्पोमा पुगिसकेका हुन्छन् । बडिमालिका जानेहरूको लस्करले यतिखेर मालिका पुग्ने पहाडका बाटोहरू रंगीबिरंगी देखिएका छन् ।

 

समुद्री सतहबाट चार हजार दुई सय १६ मिटर उचाइमा रहेका बडिमालिका पुग्न सात दिनको पैदलयात्रामा हजारौं भक्तालु यात्रामा निस्किएका छन् । झरी होस् कि जाडो तिर्थालुहरू मौसमको पर्वाह गर्दैनन् । १४ हजार फिट उचाइमा बडिमालिकाको यात्रालाई दुष्कर मानिन्छ । तर, माथि पुगिसकेपछि यात्राका सबै कष्ट बिर्सने त्यहाँ पुग्नेहरू बताउँछन् ।

बडिमालिको नाम कसरी रहन गयो ?स्कन्दपुराणमा उल्लेख भएअनुसार दक्षप्रजापतिको यज्ञमा महादेवकी अर्धा्ङ्गिनी सत्यदेवी होमिएर देहत्याग गरिसकेपछि महादेवले सत्यदेवीको मृत शरीरलाई बोकेर हिँड्दा मल्लागिरि पर्वतमा सत्यदेवीको एक अंग पतन भएर मालिकादेवी उत्पत्ति भएको र पछि त्यही बडिमालिकाका रूपमा स्थापित भएको मान्यता छ । बादलभन्दा माथि बडिमालिका मन्दिर चार हजार सात सय मिटरको उचाइमा रहेको बडिमालिका अरू समयमा प्रायः सुनसान हुन्छ । हेर्दै टोपी खस्ने ठाडो भीर छ । त्यही भीरमा उकालो लाग्दै गरेका मान्छेहरू साउनको जुनपुर्णिमाको दिन देखिन्न सकिन्छ । सिमसिमे झरी होस् या मुसलधारे पानी ! एकातिर धार्मिक आस्थाले प्रफुल्ल हृदय, अर्को्तिर त्यहाँको प्राकृतिक सौन्दर्यताले मुग्ध गरेपछि त्यस्ता झरी र वर्षाले के कुँड्याउथ्यो ।

बडिमालिकामा के छ त आक्रषण ?

यो क्षेत्रमा २२ वटा हरियाली फाँटहरु, दुईसय जति प्रजातीका रँगीचँगी, फूलहरु १ सय बढी जातीका बहुमुल्य जडिबुटिहरु, आश्चार्यजनक पौराणिक स्थहरु, हरियाफाँटहरुको बीचबाट बग्ने आकर्षक नदीहरुको सँगम स्थल त्रिवेणी क्षेत्र प्रमुख आर्कषण हुन् । बडिमालिका क्षेत्रमा हयिालीफाँटमा भेंडा र घोडा खच्चडका बथानहरु बर्षादका चार महिनासम्म देख्न सकिन्छ । लोपन्मुख प्रजातीका बन्य जन्तु तथा पशु पँक्षीहरु (डाँफे, मुनाल, कस्तुरी, झारल आदि) पनि यहाँ भेट् सकिन्छ ।

कसरी पुगिन्छ बडिमालिका ?

बडिमालिकाको सौन्दर्य नियाल्न त्यति सजिलो छैन । धनगढीबाट बसको यात्रा गर्नुपर्छ । दोस्रो दिन सिलगढीदेखि बाजुराको तिपाडासम्म पाँच घन्टाको जिप यात्रापछि जरङमा बास बस्नु पर्दछ । तेस्रो दिन करालीचौर हुँदै चौथो दिन बडिमालिकाको त्रिवेणी पुगिन्छ । पाँचौं दिन बडिमालिका मन्दिर आरोहण गर्न सकिन्छ । बडिमालिका जान धेरै हिमालहरू ठूलाठूला पहाडमा चढ्नुपर्छ ।उचाइमा भएका कारण तीर्थयात्रुलाई र पर्यटकको यात्रा कठिन हुने गर्छ । कठिन यात्रा भए पनि रोमाञ्चक बन्ने गर्छ । जनैपूर्णिमा मेलामा अस्थायी पसलहरू हुन्छ । त्रिवेणी मन्दिरमा रहेको गंगा(जमुना मन्दिरमा नुहाएर बडिमालिकाको दर्शन गर्ने परम्परा छ । मन्दिर दर्शन गरेर आठ घन्टाको ओरालो झरेर नाट्यश्वरी मन्दिरमा पूजा अर्चना गरेपछि भाकल पूरा हुने जनविश्वास रहि आएको छ ।

भगवतीको र राक्षसको लडाई ?

पौराणिक समयमा राक्षस र भगवती बीच लडाई हुँदा बगेको रगतको अवशेष र राक्षसहरुलाई भगाएको स्थान सुरक्षित छ । यो दृश्य नियाल्न भारतको काशी, उत्तराअञ्चलका विभिन्न क्षेत्रबाट मानिस आउने गरेका छन् । खेतीवेती भन्ने स्थानमा धान रोप्नका लागि बनाएका गरा, धानको बीउ खेत जस्ताको तस्तै देखिने आश्चर्यजनक दृष्यलेपनि दर्शनार्थीको मन लोभ्याउने गरेको छ ।निसन्तानीलाई सन्तान,गरिबलाई धन, जस्तै मागेको वर पाइन्छ भन्ने धार्मीक विश्वास छ । यहि आकांक्षा लिएर वर्षेनी ५० हजारले दर्शन गर्ने दर्शनार्थीक आउने गरेका छन् । पर्यटकीय क्षेत्रका रुपमा विकास गर्न पहल भएको छैन् । बडिमालिका क्षेत्रको महिमा र गरिमा सुदूरपश्चिमका अन्य जिल्लामा छैन, भन्छन् त्यस ठाउँमा पुगेर फर्केकाहरु । बडिमालिमा सबै थोक छ, प्रकृतिको अनुपम उपहार हो, ।